SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ ०६:३८ AM · 1 मिनेट पढाइ

कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

कतार, २७ मङ्सिर ।    कतारमा कार्यरत नेपालीहरूलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । गैर आवासीय नेपाली सङ्घ,राष्ट्रिय समन्वय परिषद् कतारको २३ औ स्थापना दिवसको अवसर पारेर नासिम सर्किजल मेडिकल सेन्टरको समन्वय तथा सहयोगमा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।