SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ ०८:५० AM · 1 मिनेट पढाइ

उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ

काठमान्डौ, २७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र जीवित रहेको र नेकपा एमाले अजम्बरी पार्टी भएको दाबी गरेका छन् । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित ११औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तीन महिनाअघि भएको जेनजी आन्दोलनको स्मरण गरे । उनले त्यसबेला देश युद्धभूमिजस्तै जलेको अवस्था सिर्जना गरिएको उल्लेख गरे ।