SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ १२:१० PM · 1 मिनेट पढाइ

चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय

सल्यान, २७ मङ्सिर । वर्षौँदेखि सास्ती बेहोर्दै आएका सल्यान कपुरकोट क्षेत्रका स्थानीयहरू तथा विद्यार्थी चुनढुङ्गा बोकेका अत्यधिक भारवाहक टिप्पर सञ्चालनमा रोक लगाउँदै सडकमै उत्रिएका छन् । कपुरकोट–कोइला सडक खण्डमा सयौँको सङ्ख्यामा चल्ने टिप्परहरु सञ्चालनमा रोक लगाउँदै स्थानीयहरूले सडक पूर्ण रूपमा कालोपत्रे हुनुपर्ने माग गरेका छन् ।