लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल
काठमाडौँ । क्रिकेटर शेर मल्ल नेपाल प्रिमियर लिग (एनपीएल)को इतिहासमा लगातार दुई सिजन ट्रफी जित्ने पहिलो खेलाडी बनेका छन् । एनपीएलको पहिलो सिजनमा जनकपुर बोल्ट्सबाट खेल्दै उनले टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । दोस्रो सिजनअघि जनकपुरले उनलाई रिलिज गरेपछि मल्ल लुम्बिनी लायन्समा आबद्ध भएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
