SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ ०२:०७ PM · 1 मिनेट पढाइ

रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश

काठमाडौं, २७ मंसिर । भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदान आइतबार नेकपा एमालेका लागि केवल महाधिवेशन उद्घाटनस्थल मात्र रहेन, त्यो पार्टीको राजनीतिक पुनरुत्थानको मंच बन्यो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि जनआक्रोशको केन्द्रमा परेका दलहरूमध्ये पहिलोपटक ठूलो राजनीतिक जमघट गर्न सफल एमालेले त्यसै माध्यमबाट एउटा स्पष्ट सन्देश दियो- राजनीतिक दलहरूको जनाधार कमजोर भएको छैन।