SHARE
बुटवल टुडे · आइबार​ २८ मंिर २०८२ ०१:४६ AM · 1 मिनेट पढाइ

स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन 

कपिलवस्तु, २८ मंसिर ।  कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाका स्वास्थ्य चौकीहरूमा पछिल्लो दुई साता यता गर्भवती महिलाका लागि अत्यावश्यक मानिने क्याल्सियम, आइरन चक्की र फोलिक एसिड औषधीको अभाव देखिएको छ । गाउँपालिकाले समयमै खरिद प्रक्रिया अगाडी नबढाएका कारण पालिकाका स्वास्थ्य चौकीहरूमा निःशुल्क रूपमा वितरण गर्दै आएको क्याल्सियम र आइरन चक्की अभाव भएको हो ।