SHARE
बुटवल टुडे · आइबार​ २८ मंिर २०८२ ०४:४४ AM · 1 मिनेट पढाइ

विद्यार्थीको सपनामा: आशाको झोला

चन्द्रौटा, २८ मङ्सिर । सामान्यतया व्यापार नाफाका लागि गरिन्छ । तर कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा रहेको पाहुना सुपर बजारले भने केही फरकपन ल्याउन खोजेको छ । व्यापारसँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्त्व दिँदै आएको छ । यसको उदाहरण शनिबार देखियो, जब बजारले स्थानीय विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने उद्देश्यसहित छात्रवृत्ति सहयोग गरेको छ ।