SHARE
बुटवल टुडे · आइबार​ २८ मंिर २०८२ ०४:५९ AM · 1 मिनेट पढाइ

हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति 

भैरहवा, २८ मङ्सिर । मोबाइल व्यवसायी सङ्गठन रुपन्देहीको शनिबार भैरहवामा सम्पन्न दोस्रो अधिवेशनले हरि बहादुर पाण्डेको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचित समितिको उपाध्यक्षमा राजकुमार गुप्ता, महासचिव श्यामप्रकाश गुप्ता, कोषाध्यक्ष दिनेश गुप्ता, सचिव दीपक पौडेल, सह कोषाध्यक्ष रमेश यादव र सहसचिव पुरुषोत्तम केसरी निर्वाचित भएका छन् ।