SHARE
बुटवल टुडे · आइबार​ २८ मंिर २०८२ ०५:३० AM · 1 मिनेट पढाइ

एमालेको बन्दसत्र फेरि सर्‍यो

 काठमाडौं, २८ मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गतको बन्दसत्र पुनः सारिएको छ । बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र सुरुमा सवा १२ बजेलाई सारिएको थियो । पछि पुनः दिउँसो १ बजेका लागि सारिएको हो । भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।