SHARE
बुटवल टुडे · आइबार​ २८ मंिर २०८२ ०६:३४ AM · 1 मिनेट पढाइ

कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन

काठमान्डौ, २८ मंसिर । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको उपचारका क्रममा निधन भएको छ । काठमाडौँको ह्याम्स अस्पतालमा शनिबार साँझ उपचाररत अवस्थामा उनको निधन भएको हो । कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीका अनुसार उपाध्याय लामो समयदेखि मुखको क्यान्सरबाट पीडित थिए । स्वर्गीय उपाध्याय २०५६ सालमा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।