SHARE
बुटवल टुडे · आइबार​ २८ मंिर २०८२ ०६:४२ AM · 1 मिनेट पढाइ

एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने

काठमान्डौ, २८ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेका छन् । शपथ ग्रहणका क्रममा तत्काल विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने बताएका मुख्यमन्त्री यादवले अझै आवश्यक गृहकार्य पूरा गर्न सकेका छैनन् । एक प्रदेश सांसदका अनुसार मन्त्रिपरिषद् विस्तारसम्बन्धी गृहकार्य आज साँझसम्ममा टुंग्याउने तयारी भइरहेको छ ।