महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित
काठमान्डौ, २८ मंसिर । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महान्यायाधीवक्ता सबिता भण्डारी बराललाई संस्थाको साधारण सदस्यताबाट निलम्बन गरेको छ । सार्वजनिक पदमा नियुक्त भएपछि उनी विभिन्न विवादसँग जोडिन थालेपछि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको कार्यसमितिले उक्त निर्णय गरेको हो । कार्यसमितिका एक सदस्यका अनुसार संस्थाको मूल्यमान्यता, विश्वास र निष्पक्षताको मापदण्डलाई ध्यानमा राख्दै निलम्बनको निर्णय लिइएको हो ।
