एमालेको बन्दसत्र ३ बजेलाई सर्यो
काठमान्डौ, २८ मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा आयोजना हुँदैछ । पहिले बिहानै सुरु गर्ने भनिएको बन्दसत्र अब अपराह्न ३ बजे सुरु हुने भएको छ । केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले समय सारिएको जानकारी दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
