SHARE
बुटवल टुडे · आइबार​ २८ मंिर २०८२ १०:३५ AM · 1 मिनेट पढाइ

सेयर बजार २६ सयभन्दा तल झर्‍यो

 काठमाडौं, २८ मंसिर । साताको पहिलो दिन आइतबार सेयर बजार २६ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा १२.५० अंक घट्दै नेप्से परिसूचक २५९४ अंकमा आएको हो । बजार करिब दिनभरजसो ओरालोमा रह्यो । कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ४ अर्ब पुगेको छ ।