SHARE
बुटवल टुडे · आइबार​ २८ मंिर २०८२ ११:५१ AM · 1 मिनेट पढाइ

ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा

 काठमाडौं, २८ मंसिर । ‘दक्षिण कोरियामा सीपयुक्त कामदार (ई–७ भिसा) पठाउने सम्बन्धी कार्यविधि, २०८०’ मा लगाइएको रोक उच्च अदालत पाटनको आदेशपछि फुकुवा भएको छ । वैदेशिक रोजगार विभागले अदालतको आदेशका आधारमा तत्कालका लागि लगाएको रोक फिर्ता लिएको हो । विभागले भदौ ३१ गते जारी गरेको सूचनामा कार्यविधिको कार्यान्वयन तत्कालका लागि रोकिएको उल्लेख गरिएको थियो ।