SHARE
बुटवल टुडे · मङगलबार २३ मंिर २०८२ १२:३१ AM · 1 मिनेट पढाइ

एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै

काठमाण्डौ – गएको मंसिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेटमा आजदेखि प्लेअफका खेलहरु शुरू हुँदैछन् । दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो क्वालिफायर हुँदैछ । सुदूरपश्चिम रोयल्स अघिल्लो संस्करणको उपविजेता हो । यस्तै इलिमिनेटरमा भोलि दिउँसो ४ बजे काठमान्डु र लुम्बिनी खेल्दैछन् ।