SHARE
बुटवल टुडे · मङगलबार २३ मंिर २०८२ ०५:१५ AM · 1 मिनेट पढाइ

आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ

काठमान्डौ, २३ मंसिर । जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिका घटनाबारे छानबिन गर्न गठित आयोगले सुरक्षा निकायका शीर्ष अधिकारीहरूलाई बयानका लागि बोलाउन थालेको छ । आयोगका अनुसार मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजी) राजु अर्यालसँग बयान लिने प्रक्रिया सुरु भएको छ ।