SHARE
बुटवल टुडे · मङगलबार २३ मंिर २०८२ ०६:४८ AM · 1 मिनेट पढाइ

समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन

काठमान्डौ, २३ मंसिर । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीमार्फत प्रतिस्पर्धा गर्न ६७ दलले दर्ता निवेदन दिएका छन् । दल दर्ताका लागि तोकिएको समयसीमा आजसमेत खुला रहेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर २१ गतेदेखि आजसम्म समानुपातिकतर्फ चुनाव लड्न इच्छुक दलहरूले दल दर्ताको निवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।