SHARE
बुटवल टुडे · मङगलबार २३ मंिर २०८२ १२:१८ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

 काठमाडौं, २३ मंसिर । ओपनर विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको हो ।