SHARE
बुटवल टुडे · मङगलबार २३ मंिर २०८२ १२:४६ PM · 1 मिनेट पढाइ

सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने

काठमाडौँ । सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउने परमादेश जारी गरेसँगै मनोज सिलवाल विदामा बसेका छन्। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार शाक्यलाई कार्यकारी निर्देशकको पदमा पुनर्बहाली गर्न परमादेश दिएको थियो। शाक्यको पक्षमा परमादेश आएसँगै अदालतको निर्णयलाई सम्मान गर्दै सिलवाल मंगलबारदेखि नै विदा बसेका हुन्।