एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
काठमाडौँ । काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) हुने एलिमिनेटर खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा आज अपराह्न ४ बजे सुरु हुनेछ। काठमान्डु अंकतालिकामा तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर एलिमिनेटरमा भिड्न लागेका हुन्। यो खेल जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ।
