SHARE
बुटवल टुडे · बुधबार २४ मंिर २०८२ १२:२९ AM · 1 मिनेट पढाइ

विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागत बढाउन आफ्नो कुनै भूमिका नरहेको दाबी नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीले गरेका छन्। ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ ५० पैसा भ्रष्टाचारको आरोपमा बयान दिन मंगलबार विशेष अदालतमा उपस्थित गराइएका अधिकारीले संलग्नता इन्कार गर्दै बयान दिएका हुन्।