SHARE
बुटवल टुडे · बुधबार २४ मंिर २०८२ ०१:०२ AM · 1 मिनेट पढाइ

स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी

भैरहवा, २४ मङ्सिर । स्वास्थ्य बिमा कार्यक्रम, जसको उद्देश्य नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्नु थियो, त्यही कार्यक्रम भैरहवास्थित भीम अस्पतालमा भने बिरामीका लागि सास्ती बनेको छ । सरकारले लाखौँ नागरिकलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउन ल्याएको यो सुविधा अस्पतालको व्यवस्थापकीय कमजोरी र झन्झटिलो प्रक्रियाका कारण बोझ बन्दै गएको गुनासो बिरामीहरूले गरेका छन् ।