SHARE
बुटवल टुडे · शनिबार ३ साउन २०८२ ०६:११ AM · 1 मिनेट पढाइ

दूध र खसी बेचेको आम्दानी सात करोड

सल्यान, ०३ साउन । किसान लक्षित अनुदान तथा प्रोत्साहन कार्यक्रम प्रभावकारी बनेपछि सल्यानका विभिन्न पालिकामा उत्पादन र आम्दानी बढ्न थालेको छ । दार्मा र त्रिवेणी गाउँपालिकाका किसानहरूले पशुपालन र दूध उत्पादनबाट मात्र चालू आर्थिक वर्षमा करिब सात करोड बढी आम्दानी गरेका छन् ।