SHARE
बुटवल टुडे · बुधबार २४ मंिर २०८२ ०५:३६ AM · 1 मिनेट पढाइ

आज पनि देशभरका भन्सार कार्यालय बन्द

काठमान्डौ, २४ मंसिर । नयाँ भन्सार ऐनप्रति असहमति जनाउँदै पेनडाउन गरिरहेका भन्सार एजेन्टहरू र भन्सार विभागबीच आज (बुधबार) पुनः वार्ता हुँदैछ । यसअघि मंगलबार प्रारम्भिक वार्ता भए पनि निष्कर्ष ननिस्केपछि आन्दोलन जारी राखिएको हो ।