SHARE
बुटवल टुडे · बुधबार २४ मंिर २०८२ ०६:५४ AM · 1 मिनेट पढाइ

मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ

काठमान्डौ, २४ मंसिर । बुधबार हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । सर्वोच्च अदालतले जारी गरेको परमादेशअनुसार उनी पुनः प्राधिकरणको नेतृत्वमा फर्किएका हुन् । उक्त निर्णयसँगै ऊर्जा मन्त्री कुलमान घिसिङले शाक्यलाई हटाएर कार्यकारी निर्देशक नियुक्त भएका मनोज सिलवाल पदमुक्त भएका छन् ।