डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ
बुटवल, २४ मंसिर । प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाहको अभियोगमा पक्राउ परेका छन् । नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाललाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले पक्राउ गरेको हो । उनकी श्रीमतीले दिएको उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले नेपाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
