एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो
काठमान्डौ, २४ मंसिर । नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम सूची टुंगो लगाएको छ । बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको निर्णय गरेको हो । एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीका अनुसार, महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरी कुल २१५४ जना प्रतिनिधिहरू सहभागी हुनेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
