भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने
काठमाडौँ । भन्सार विभाग र भन्सार एजेन्ट महासंघका प्रतिनिधिबीच बुधवार भएको वार्तामा सहमति जुटेको छ । सहमति भएपछि भन्सार एजेन्टहरू देशभरका भन्सार कार्यालयहरू तत्काल खोल्न तयार भएका छन् । बुधवारको वार्तामा भन्सार ऐनको दफा ७१ (झ) मा रहेको जरिवानासम्बन्धी व्यवस्थालाई नियमावलीमार्फत स्पष्ट व्याख्या गरी सहजीकरण गर्नेमा विभाग सहमत भएको जनाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
