SHARE
बुटवल टुडे · बुधबार २४ मंिर २०८२ ०८:५२ AM · 1 मिनेट पढाइ

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की

 काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छिन् । बुधबार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहमा बोल्दै उनले विश्वविद्यालयमा हुने राजनीतिकरण अन्त्य गर्न सरकारले प्रधानमन्त्रीलाई कुलपति बनाउने व्यवस्थामा परिमार्जन गर्ने योजना बनाएको जानकारी दिइन् ।