SHARE
बुटवल टुडे · बुधबार २४ मंिर २०८२ १०:०९ AM · 1 मिनेट पढाइ

काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं, २४ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ । काठमाडौँका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ रोज्दै लुम्बिनीलाई बलिङको निम्तो दिएका हुन् । काठमाडौँले आजको खेलमा लिग चरणको अन्तिम खेल खेलेको टोलीलाई निरन्तरता दिएको छ र कुनै परिवर्तन गरेको छैन ।