SHARE
बुटवल टुडे · बुधबार २४ मंिर २०८२ ०२:४२ PM · 1 मिनेट पढाइ

उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष

चन्द्रौटा, २४ मंसिर। नेपाली कांग्रेस कपिलवस्तु–३ मा प्रतिनिधिसभा उम्मेदवार सिफारिस प्रक्रियालाई लिएर तीव्र असन्तोष चुलिएको छ। पूर्व सांसद अभिषेक प्रताप शाह नेतृत्वको समूहले क्षेत्रीय समितिद्वारा ‘एकल नाम’ सिफारिस गरिएको भन्दै जिल्ला कार्यसमितिमा औपचारिक ध्यानाकर्षणपत्र बुझाएको हो।