SHARE
बुटवल टुडे · बिहीबार २५ मंिर २०८२ १२:५२ AM · 1 मिनेट पढाइ

जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान

काठमाडौँ । भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ आयोगले बिहीबार पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग बयान लिने भएको छ। बयानका लागि बुधबार आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वर प्रसाद भण्डारीले प्रस्न तयार गरिसकेका छन्। यसअघि मंगलबार सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग सोधपुछ गरिएको थियो।