SHARE
बुटवल टुडे · बिहीबार २५ मंिर २०८२ ०१:३४ AM · 1 मिनेट पढाइ

केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान

नवलपरासी, २५ मङ्सिर । सरकारी बेवास्ता र केरामा देखिने विभिन्न समस्याले आजित भएका जिल्लाका किसान अहिले केरा मासेर गहुँ खेती गर्ने क्रम बढेको छ । ठुलो लगानी र कठिन परिश्रम गर्दै कृषि कर्म गरेर उत्पादन गरेका केरा बजारमा मूल्य नपाउँदा केरा खेती प्रति नैराश्य बढ्दै जाँदा केही किसानले केरा मासेर अन्य गहुँ बाली गर्न थालेका हुन् ।