SHARE
बुटवल टुडे · बिहीबार २५ मंिर २०८२ ०२:०६ AM · 1 मिनेट पढाइ

आउँदो निर्वाचनका उम्मेदवार कस्ता ?

नेपालमा निर्वाचनका लागि प्रशस्त दलहरू दर्ता भएका छन् । नेपाल सानो मुलुक भए पनि दलहरूको सङ्ख्याले विशाल जस्तै भएको छ । वास्तवमा लोकतन्त्रमा दलहरू थपिनु राम्रो कुरा हो । उनीहरूका बिचमा स्वच्छ प्रतिस्पर्धा हुनु झन् राम्रो कुरा भित्र पर्दछ । लोकतन्त्रको एउटा सक्कली रूप भनेको आवधिक निर्वाचन हो । अर्थात् निर्वाचनले दलहरूको लोकप्रियता थाह हुन्छ ।