SHARE
बुटवल टुडे · बिहीबार २५ मंिर २०८२ ०६:३६ AM · 1 मिनेट पढाइ

उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा 

सल्यान, २५ मङ्सिर ।  पार्टी विधान र केन्द्रीय निर्देशन विपरीत अपारदर्शी र मनोमानी ढङ्गले उम्मेदवार सिफारिस गरिएको भन्दै नेपाली काँग्रेस सल्यानभित्र असन्तुष्टि देखिएको छ । काँग्रेस सल्यानले केही दिनअघि राष्ट्रिय सभा, प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिकतर्फ गरेको उम्मेदवार सिफारिस प्रक्रियाप्रति पार्टीभित्रै असन्तुष्टि सार्वजनिक भएको हो ।