SHARE
बुटवल टुडे · बिहीबार २५ मंिर २०८२ ०८:३३ AM · 1 मिनेट पढाइ

पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ

काठमान्डौ, २५ मंसिर । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा भएको बल प्रयोग उच्च पदस्थ पदाधिकारीहरूको समन्वयमा गराइएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा उनले संसद भवन परिसरमा तोडफोड र आगजनी बढ्दै गएपछि कर्फ्यू जारी गरेर बल प्रयोग गर्नुपरेको उल्लेख गरेका छन् ।