SHARE
बुटवल टुडे · शनिबार ३ साउन २०८२ ०७:१६ AM · 1 मिनेट पढाइ

सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व 

कपिलवस्तु, ०३ साउन । कपिलवस्तुको तौलिहवाबाट भारतीय सीमा नाका मर्यादपुर जोडिएको सुठौली भन्सारले गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्य भन्दा २९ प्रतिशत बढी भन्सार राजश्व असुली गरेको छ । २०७५ साल असोज ८ गते मूल भन्सार स्तरोन्नति गरिएको सुठौली भन्सारलाई गत आर्थिक वर्षमा विभागले ८० करोड ७ लाख ७१ हजार भन्सार राजश्व असुलीको लक्ष्य दिएको थियो ।