SHARE
बुटवल टुडे · शनिबार ३ साउन २०८२ ०८:३७ AM · 1 मिनेट पढाइ

ट्रम्प भन्छन् : ‘मैले युद्ध रोकेको हुँ, पाँच जेट खसेका थिए’

काठमाडौं, ३ साउन। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच भएको युद्ध आफूले रोकाएको दाबी फेरि दोहोर्याएका छन्। ह्वाइट हाउसमा आयोजित एक रात्रिभोजका क्रममा रिपब्लिकन सांसदहरूलाई सम्बोधन गर्दै उनले युद्धका बेला दुई देशबीच भएको लडाइँमा पाँचवटा जेट विमान खसालिएको पनि दाबी गरेका हुन्। तर उनले ती विमान कुन देशका थिए भन्ने स्पष्ट पारेनन्।