SHARE
बुटवल टुडे · शनिबार ३ साउन २०८२ ०१:२७ PM · 1 मिनेट पढाइ

रगत अभावको बेला संयुक्त रक्तदान, ४३ पिन्ट रगत संकलन

बुटवल, ३ साउन । रगतको अभावलाई मध्येनजर गरि शनिबार बुटवलमा संयुक्त रक्तदान कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ रुपन्देही, लायन्स क्लब अफ बटौली र नेपाल स्वयंसेवी रक्तदाता संघ तिलोत्तमाको संयुक्त आयोजनामा शनिबार बुटवलमा रक्तदान कार्यक्रम गरिएको हो ।