SHARE
बुटवल टुडे · शनिबार ३ साउन २०८२ ०१:५२ PM · 1 मिनेट पढाइ

तामनगरमा बन्ने भो ७ करोडको अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल

बुटवल, ३ साउन । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन हल निर्माण गरिने भएको छ । खेलकुद पूर्वाधारको विस्तार गर्दै खेल पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको सो हलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।