SHARE
बुटवल टुडे · शनिबार ३ साउन २०८२ ०२:११ PM · 1 मिनेट पढाइ

शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर

जितपुर, ३ साउन । अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ स्थित डोहोटे क्षेत्रमा नेटवर्क अवरुद्ध हुँदा समस्या सिर्जना भएको छ । नेटवर्क समस्याले त्यहाँ आपतकालीन सेवामा समेत असर गरेको हो । डोहोटे क्षेत्रका स्थानीयवासी तथा सुरक्षाकर्मीहरूले निकै सास्ती खेप्नु परेको छ।