SHARE
बुटवल टुडे · आइबार​ ४ साउन २०८२ ०१:३२ AM · 1 मिनेट पढाइ

१०० रोपनी खेतमा एकै दिन धान रोपाइँ 

गुल्मी, ०४ साउन । जिल्लाको धुर्कोटमा एकै दिन एक सय रोपनी खेतमा धान रोपाइँ गरिएको छ । धुर्कोट गाउँपालिका–६ सिस्तुङ्ग फाँट बिहानैदेखि दिनभर खेताला र ठिँगारेले भरिभराउ थियो । स्थानीय अगुवा कृषक ५४ वर्षीय मेघनाथ अर्यालले दुई वर्षदेखि आफ्नो खेतको रोपाइँलाई बाजागाजा सहित उत्सवको रूपमा मनाउँदै आएका छन् ।