SHARE
बुटवल टुडे · आइबार​ ४ साउन २०८२ ०१:५९ AM · 1 मिनेट पढाइ

पोखरा–मुग्लिन सडकमा ११ पुल बने, दुई निर्माणाधीन

गण्डकी, ०४ साउन । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) मा ११ पुल बनिसकेका छन् भने दुई पुल निर्माणाधीन छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो ।