SHARE
बुटवल टुडे · आइबार​ ४ साउन २०८२ ०३:१२ AM · 1 मिनेट पढाइ

अपराधको बढ्दो शृङ्खला र चुनौती 

नेपालमा पछिल्लो समय अपराधजन्य मनोवृत्ति बढ्दै गएको पछिल्ला घटनाक्रमहरूले देखाएको छ । मानिसमा बदला र आवेगको भावना यति बढेको छ कि त्यसले ठुलो मानवीय विपत्ति निम्त्याउँदै लगेको छ । प्युठानमा गत साता मात्रै विदेश गएका श्रीमान् स्वदेश फर्किएपछि अर्कैसँग गएकी श्रीमतीको बीभत्स तरिकाले हत्या गरे ।