SHARE
बुटवल टुडे · बुधबार १७ मंिर २०८२ ०९:४३ AM · 1 मिनेट पढाइ

लगातार चौथो दिन घट्यो सेयर बजार

काठमान्डौ, १७ मंसिर । बुधबार सेयर बजार नेप्से सूचकांक १३.५२ अंकले घटेर २६३१ अंकमा झरेको छ । यससँगै लगातार चौथो कारोबार दिन बजार ओरालो लागेको छ । तर, बजार घट्दासमेत कारोबार रकम भने बढेको छ । बुधबार ५ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ, जुन अघिल्लो दिनको ४ अर्ब ४८ करोडभन्दा बढी हो ।