SHARE
बुटवल टुडे · बुधबार १७ मंिर २०८२ ०९:५५ AM · 1 मिनेट पढाइ

कालोसूचीमा धेरै व्यक्ति पर्नु चिन्ताको विषय हो : अर्थमन्त्री खनाल

काठमान्डौ, १७ मंसिर । अर्थमन्त्री रामेश्वर खनालले कालोसूचीमा धेरै व्यक्ति पर्नु चिन्ताको विषय भएको बताएका छन् । बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन् । खनालका अनुसार, धेरै मानिसहरू कालोसूचीमा नपरेको भए थप कर्जा प्रवाह हुने सम्भावना हुन्थ्यो ।