SHARE
बुटवल टुडे · आइबार​ ४ साउन २०८२ ०५:३६ AM · 1 मिनेट पढाइ

मताधिकार कार्यान्वयनका लागि निर्देशनालयको निर्वाचन आयोगलाई ताकेता

काठमाडौँ, ४ साउन । फैसला कार्यान्वयन निर्देशनालयले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न निर्वाचन आयोगलाई ताकेता गरेको छ। निर्देशनालयले गत बिहीबार निर्वाचन आयोगलाई पत्राचार गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषयमा सर्वोच्चको आदेश कार्यान्वयन गर्न आग्रह गरेको हो।