SHARE
बुटवल टुडे · बुधबार १७ मंिर २०८२ १०:४८ AM · 1 मिनेट पढाइ

माओवादी कर्णालीका संसदीय दल नेता शर्माको राजीनामा स्वीकृत

काठमान्डौ, १७ मंसिर । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माको राजीनामा स्वीकृत गरिएको छ । बुधबार बसेको दलको बैठकले उनीबाट प्राप्त राजीनामा स्वीकृत गरेको प्रदेश सभा सदस्य रणसिंह परियारले जानकारी दिए ।