SHARE
बुटवल टुडे · बुधबार १७ मंिर २०८२ ०१:०१ PM · 1 मिनेट पढाइ

जेनजीका चार समूहको संयुक्त वक्तव्यः उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

काठमाडौं — जेनजी आन्दोलनसँग सम्बन्धित चार विभिन्न समूहहरूले संयुक्त रूपमा कडा स्वरमा वक्तव्य जारी गर्दै वर्तमान नागरिक सरकारले आफ्नो नैतिक हैसियत गुमाइसकेको आरोप लगाएका छन्। मन्त्रीहरूले राजनीतिक दलसँग औपचारिक संलग्नता जनाएपछि नागरिक सरकारको अस्तित्व नै प्रश्नमा परेको उनीहरूको ठम्याइ छ।